Dashain Suvakamana

मुख्यमन्त्री भट्टकाे विपक्षमा ९ मत मात्रै, जितपछि बधाई दिनेकाे ओइराे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेशसभामा विश्वासकाे मत लिएका छन् । मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन् भने विपक्षमा जम्मा ९ मत मात्रै रहेका छन ।

सभामुख बाहेक ५१ जना संसद सदस्य रहेकाे प्रदेशसभामा उनकाे पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् । कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेका थियो। यस्तै जनता समाजवादी पार्टी(जसपा)ले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नलिने निर्णय गरेको थियो।

मुख्यमन्त्री भट्टकाे पक्षमा सहज जनक बहुमत आएपछि अहिले पक्ष विपक्षमा रहेका संसद लगायत देश प्रदेशमा रहेका नेता तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.