Dashain Suvakamana

एमाले सुदूरपश्चिममा संसदीय जिम्मेवारी हेरफेर

धनगढी । प्रदेसभामा सबैभन्दा ठूलाे पार्टि नेकपा एमाले ले सुदूरपश्चिममा संसदीय जिम्मेवारी हेरफेर गरेकाे छ । दलको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ ।प्रदेश सरकारका मन्त्रीसमेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

यसअघि एमाले संसदीयदलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो ।तर उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतक समेत रहेकी बिकलाई प्रमुख सचेतकको काम कारबाही हेर्ने गरी जिम्मेवारी दिइएको एमाले संसदीयदलले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए ।उनकाअनुसार कार्य व्यवस्था परामर्श समितिबाट अर्चना गहतराजलाई पनि हटाइएको छ । गहतराज राज्यमन्त्रीमा नियुक्त भएका कारण उनको ठाउँमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई ल्याइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.