एमाले संसद साउदले भने- ‘सुदूरपश्चिममा राजनीतिक फोहरी खेल हुँदैन’
धनगढी । नेकपा प्रदेशसभा सदस्य अमर वहादुर साउदले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय राजनीतिक फोहरी खाेल नहुने बताएका छन् । प्रदेशसभाकाे आठाैं अधिवेशनमा एमाले पार्टी संसदीय दलकाे सदस्यकाे हैसियतमा शुभकामना व्यक्त गर्दै शुक्रवार यस्ताे बताएका हुन् । उनले नेकपा एमालेले सुदूरपश्चिममा माओवादी नेतृत्वकाे सरकारमा सामेल हुने निर्णय अनुसार नै माननीय त्रिलाेचन भट्ट सरकारकाे पक्षमा दृढ भएकाे बताएका हुन् ।
पछिल्लाे समय देशमा राजनीतिसँगै न्यायालय तथा संबैधानिक निकायमा हुँदै आएका असंबैधानिक कदमकाे सबै जनप्रतिनिधिलाई डटेर सामना गर्न आव्हान गर्दै उनले अहिलेकाे ठाेस आवस्यकतामा सबै पक्षकाे समन्वयमा सन्तुलित बजेट आउने बिश्वास व्यक्त गरे । माओवादी केन्द्रका सचेताक अक्कल वहादुर रावलले संघीय सरकारले सुदूरपश्चिमलाई हेपेकाे बताए । उनले संविधान भन्दा माथि रहन खाेज्ने नेतृत्वले अहिले बजेटमा पनि सुदूरपश्चिम ठगेकाे बताए ।
यसअघि संसद पठान सिंह बाेहरा आफ्नाे सीटवाट उठेर नेकपा एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे भन्दै मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने माग गरेका थिए । तर बिपक्षी दलका नेताहरुले सरकार विगतजस्ताे असन्वयकारी नभई जनता बचाउने काेसिसलाई बजेटमा प्राथमिकता दिनुपर्नेमा जाेड दिए ।
नेपाली काँग्रेस संसदीय दलका नेता रणवहादुर रावल जसपाका संसद कृष्ण चाैधरी लगायत बेल्ने सबै संसदहरुले पूर्व प्रदेश प्रमुख माेहनराज मल्लकाे निधनप्रति सम्वेदना व्यक्त गरेका थिए । अर्काे बैठक पर्सि आईतवार दिनकाे ३ वजे बस्ने सभामुख अर्जुन वहादुर थापाले जानकारी गराएका थिए ।