सुदूरपश्चिम प्रदेशसभाकाे बजेट अधिवेशन आजवाट सुरु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाकाे आठाैं अधिवेशन आज शुक्रवारबाट सुरु हुँदैछ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश प्रमुखवाट आठाैं अधिवेशन आव्हान भएकाले आज दिउँसाे ३ वजे प्रदेशसभा सदस्यलाई उपस्तिथिकालागि अनुराेध गरेकाे छ ।

बजेट अधिवेशनकाे रुपमा लिइने यस अधिवेशन आव्हानकालागि यस अघि बुधवार बसेकाे सुदूरपश्चिम प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुखलाई आग्रह गरेकाे थियाे । आजदेखि बस्न लागेकाे अधिवेशनमा सरकारकाे चालु आर्थिक वर्षकाे प्रगतिमाथि समिक्षा र आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

यस्तै असार १ गते प्रदेश सरकारले ल्याउन लागेकाे बजेटमाथि पनि छलफल गरी सभावाट पारित गर्नुपर्ने प्रावधान रहेकाे छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.