कैलालीमा फेरी लम्बियो निषेधाज्ञा, हेर्नुस्- के गर्न पाईने के नपाईने ?
धनगढी । कैलालीमा जारी निषेधाज्ञा लम्बिएको छ। जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना सूचना जारी गरेकाे हाे ।
जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म मात्र बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ।
यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार, मंगलबार, विहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ।
विस्तृतमा हेराैं के गर्न पाईने के नपाईने ?