सुदूरपश्चिम सरकारद्वारा प्रदेशसभा अधिवेशन २१ गते बाेलाउने निर्णय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी प्रदेशसभा अधिवेशन यही जेठ २१ गते बाेलाउने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रीपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे आन्तरिक मामला तथा कानून मन्त्री पूर्णा जाेशीले जानकारी दिईन् ।
उनका अनुसार मन्त्रीपरिषद बैंठकले गरेकाे याे निर्णयलाई प्रदेश प्रमुख समक्ष सिफारीस गरिने र प्रदेश प्रमुखवाट जेठ २१ गते दिउँसाे ३ वजेकालागि बजेट अधिवेशन आव्हान हुनेछ । प्रदेशसभाकाे अधिवेशन आव्हान तथा अन्त्यका विषयमा मन्त्रीपरिषदकाे निर्णय अनुसार प्रदेश प्रमुखद्धारा गरिने संबैधानिक प्रावधान रहेकाे छ ।
यस्तै, बैठकले डोटीमा आगलागीबाट घाइते आमाछोरीको उपचारका लागि २ लाख रुपैयाँ दिने, महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। साथै बैठकले नवनियुक्त मन्त्री जोशीलाई प्रदेश सरकारको प्रवक्तामा नियुक्ति गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिइन् ।