सुदूरपश्चिम प्रदेशकाे मन्त्रीपरिषद बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठक आज दिउँसाे बस्दैछ । मन्त्रीमण्डल विस्तार तथा हेरफेरपछि दाेस्राे पटक बस्न लागेकाे आजकाे बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएकाे छ ।
काेराेना संक्रमणकै वीचमा आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रम ल्याउन प्रदेशसभाकाे बजेट अधिवेशन आव्हान सिफारिस, राेग भाेकसँग लड्न जनसमुदायमा समर्पित थप ओैषधाे उपचारकासाथै रहातका कार्यक्रम ल्याउने, यसकासाथै समसामयीक विषयमा सत्ता पक्षिय तथा प्रतिपक्षी दलहरुले आगामि वर्षकाे नीति तथा कार्यक्रमबारे दिएका सुझाबलाई सम्बाेधन गरी कसरी जनमुखी बजेट निर्माण गर्ने भन्ने लगायतका विषयमा छलफल हुन सक्ने मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।
उता सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम (वजेट) प्रदेश नीति तथा याेजना आयाेगसँगकाे समन्वयमा तयार पारिन लागेकाे आर्थिक मामला तथा याेजना मन्त्रालयले बताएकाे छ ।