Dashain Suvakamana

सुदूरपश्चिम सरकारकाे मन्त्रीमण्डल विस्तार: ५ मन्त्री, ४ राज्यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री मण्डल विस्तार गरेका छन् । कसैकाे मन्त्रालय हेरफेर गरिएकाे छभने केही नयाँ मन्त्री थपिएका छन् । थपिएका मन्त्रि र ४ राज्यमन्त्रीले आजै शपथ पनि लिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, सामाजिक विकास राज्य मन्त्रीमा मना साउद, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजले जिम्मेवारी पाएका छन् ।
शुक्रवार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गङ्गा प्रसाद यादवले उनीहरूलाई शपथ ग्रहण गराएका छन् ।

यस अघि सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएर मार्ग प्रसस्त गरेकाे बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.