धनगढी उपमहानगरले कोरोना खोप खरिदकालागि माग्यो अनुमति
धनगढी । सुदूरपश्चिमकाे सबैभन्दा ठूलाे स्थानीय तह धनगढी उपमहानगरपालिकाले कोरोनाविरूद्धको खोप खरिदका लागि संघीय सरकारसँग अनुमति मागेको छ। नगरबासीलाई खोप लगाउन नगरप्रमुख नृप बहादुर वडले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै खोप खरिद गर्न अनुमति दिन आग्रह गरेका हुन्।
उपमहानगरपालिकाले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भ्याक्सिन उपलब्ध गराउन र नभए खरिदका लागि अनुमति दिन माग गरेको छ । कोभिड-१९ विरूद्धको खोप चाँडोभन्दा चाँडो उपलब्ध गराउन नगरबासीको मागअनुसार तयारी गरिएको उनले बताए। ‘सरकारले अनुमति दिए हामी खोप खरिद गरी लगाउन सक्छौं,’ उनले भने।
धनगढी उपमहानगरपालिकाले मेयर कल्याणकारी कोष स्थापना गरी संकलन भएको रकमबाट अक्सिजन प्लान्ट स्थापना गरिरहेको उनकाे भनाई छ ।