सुदूरपश्चिमका ३ मन्त्रीलाई २४ घण्टे अल्टिमेटमदिंदै स्पष्टिकरण सोधियाे
धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नभएकाे भन्दै ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ। बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन उल्लघंन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।
सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो। यसअघि मन्त्री फिर्ता नआए कारवाही गर्ने प्रदेश अध्यक्ष थापाले चेतावनी समेत दिएका थिए।
२४ घण्टाभित्र लिखित स्पष्टिकरण प्रदेश कमिटी अध्यक्ष समक्ष पेश नगरे विधान अनुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ।