Dashain Suvakamana

ह्यारी केनले तेस्रो पटक जिते गोल्डेन बुट

टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । २०२०/२१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४२ ले पराजित गर्दा एक गोल गरेका केनले सर्वाधिक गोल गर्दै उक्त अवार्ड जितेका हुन् ।

उनले सिजनभर कूल २३ गोल गर्दै लिभरपुलका मोहम्मद सालाहलाई एक गोलले पछि पारे । सालाहले अन्तिम खेलमा गोल गर्न सकेनन् ।केनले सर्वाधिक गोल गर्नुका साथै सर्वाधिक १४ असिस्ट समेत गरे । उनी सन् १९९३  देखि हुन थालेको आधुनिक प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल असिस्ट गर्ने पहिलो खेलाडी समेत बने ।

दोस्रो स्थानको प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । केनले यसअघि २०१५/१६ र २०१६/१७ को सिजनमा गोल्डेन बुट अवार्ड जितेका थिए ।थियरी हेनरीले सर्वाधिक ४ पटक प्रिमियर लिगमा गोल्डेन बुट जितेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.