Dashain Suvakamana

सुदूरपश्चिमका कैलाली र बैतडीमा निषेधाज्ञा लम्ब्याइयो

धनगढी । सुदूरपश्चिम प्रदेशकाे राजधानी रहेकाे कैलालीमा निषेधाज्ञा एक साता लम्ब्याइएको छ। यसअघि जेठ ६ गते राति १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याइएको हो।

वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय कैलालीले तेस्रो पटक थपेको हो। जिल्ला संकट व्यवस्थान समिति (डिसिएमसी) को सिफारिसमा प्रशासनले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले कोरोना संक्रमण अहिले उच्च बिन्दुमा रहेकाले निषेधाज्ञाको पालना गर्न आग्रह गरे। यस अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन्। उता जिल्ला प्रशासन कार्यालय बैतडीले जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

त्यहाँका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी निषेधाज्ञा लम्ब्याइएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.