Dashain Suvakamana

श्रमिककाे सीपकाे सदुपयाेगवाट मात्रै ‘समृद्ध सुदूरपश्चिम निर्माण’ हुने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले श्रमिकहरुकाे सीप सदुपयाेगवाट मात्रै समृद्ध सुदूरपश्चिम निर्माण हुने उद्घाेष गरेका छन् । १३२ ओै अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन्।

‘युगान्तकारी परिवर्तनकाे नेतृत्व गर्ने श्रमिक वर्ग जस्ले आफु भाेग पीडामै भएपनि दुनियाँलाई पालेकाे छ, उसमा रहेकाे क्षमता याेग्यता र सीप तथा अनुभवलाई सही सदुपयाेग गरेर सुदूरपश्चिम प्रदेशकाे तीब्र विकास र समृद्धिकाे आकंक्षा पुरा गर्न सकिनेमा आफु दृढ रहेकाे  बताएका छन् ।

श्रमिक आन्दाेलनकाे ऐतिहासीक भुमिका निर्वाह गर्दै श्रमिकहरुकाे अधिकार स्थापित भएकाे दिन मे १ काे अवसरमा बधाई तथा शुभकामना दिंदै मुख्यमन्त्री भट्टले अगडी भनेका छन् – ‘काेराेना महामारीले विश्वमै कठिन परिस्थिति सृजना गरेकाे याे अवस्थामा श्रमिकहरु नै वढी मारमा परेकाे भन्दै कामकाे सिलसिलामा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाई तथा दिदीवहिनीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुराेध गर्दछु ।’No description available.

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.