मुख्यमन्त्री भट्टद्धारा सेती प्रादेशिक अस्पतालको निरीक्षण
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन । बढ्दै गएको कोरोना सक्रमणलाई मध्यनजर गर्दै उनले अस्पतालको अबस्था बुझ्न प्रादेशिक अस्पतालको निरीक्षण गरेका हुन ।
यसअघि आज नै उनले प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपुर्ति केन्द्रको पनि निरीक्षण गरेका छन । निरीक्षणका क्रममा सबै निकायलाई कोरोना महामारीको जोखिम बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिए ।
निरीक्षण गर्न मुख्यमन्त्रीसगै सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदी लगायतका स्वास्थ्यका क्षेत्रमा काम गरिरहेकाहरु यी विभिन्न ठाउँ पुगेका थिए ।