सुदूरपश्चिम प्रदेशसभाकाे चालु अधिवेशन ७ गते रातिदेखि अन्त्य हुने
धनगढी । सुदूरपश्चिम प्रदेशसभाकाे चालु साताैँ अधिवेशन ७ गते मंगलवार रातिदेखि अन्त्य हुने भएकाे छ । आज आईतवार अपरान्ह बसेकाे प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकपछि निर्णयबारे जानकारी दिंदै सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले चालु प्रदेशसभा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारीस गर्ने निर्णय गरेकाे बताए । उनका अनुसार प्रदेशसभाकाे चालु साताैँ अधिवेशन ७ गते मंगलवार राति १२ वजेवाट अन्त्य हुनेछ ।
अधिवेशन आव्हान तथा अन्त्यका विषयमा मन्त्रीपरिषदकाे निर्णय अनुसार प्रदेश प्रमुखद्धारा गरिने संबैधानिक प्रावधान रहेकाे छ ।