धनगढीमा यस वर्ष पनि साहित्य महोत्सवको आयाेजना हुने

धनगढी । सुदूरपश्चिम प्रदेशकाे मुकाम धनगढीमा विगतझैं यस वर्ष पनि साहित्य महोत्सवको आयाेजना हुने भएकाे छ । नयाँ वर्ष २०७८ को अवसर शुभकामना आदान–प्रदान कार्यक्रममा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले यस वर्ष पनि साहित्य महोत्सवको आयाेजना हुने बताएका हुन् ।

यही वैशाख २५ देखि २७ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव आयोजना गर्न लागेको भन्दै उनले विगतझैं साहित्य महोत्सवको अभिभावकत्व ग्रहण गर्न प्रदेश सरकारलाई आग्रह गरे । साेही कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिमको कला संस्कृति जोगाउन सक्दो सहयोग गर्ने बचन दिएका थिए।

महोत्सव आयोजना बारे यसअघि पनि प्राज्ञ यज्ञराज उपाध्यायसँगै आएका अध्यक्ष रामलाल जोशीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टसँग सल्लाह सुझाव मागेका थिए । साथै उक्त साहित्य महोत्सवको अभिभावकत्व ग्रहण गरिदिन मुख्यमन्त्रीलाई उनकाे  आग्रह थियाे।

उक्त महोत्सवमा नेपालका साथसाथै भारतको आसामका साहित्यकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका उपाध्यक्ष तिर्थराज पाण्डेयले बताए।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.