काेराेनासँग लड्दै यसवर्ष जनतालाई विकाससँग जाेड्ने प्रयास रह्याे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले वित्नै लागेकाे यस वर्ष काेराेना महामारीका वीचपनि जनतालाई विकाससँग जाेड्न सफल भएकाे बताएका छन् । नेपाल टेलिभिजनसँगकाे कुराकानीमा मुख्यमन्त्री भट्टले २०७७ साल सुदूरपश्चिममेलीका लागि समग्रमा राम्रै रहेकाे बताएका हुन् ।

प्रदेश सरकार गठन भएपछि जनचहाना अनुसार विकास निर्माणमा गति लिन खाेज्दा विश्वव्यापी महामारीसँगै देशकाे राजनीति तरंगित बनेपनि सुदूरपश्चिम सरकार जनजिवीकाकाे रक्षा र आधारभूत आवश्यकता पुर्ति गर्नवाट कहिलै विचलन नभएकाे र हरसम्भव प्रयासमा लागिरहेकाे उनकाे भनाई छ । विशेष गरी यस वर्ष अस्पतालहरु गाउँ पुगेका र जिल्ला तथा प्रदेशमा रहेका अस्पतालमा उपकरण थपसँगै स्तरउन्नती गरिएकाे, स्थानीय तहका गाउँ गाउँसम्म सडक जाेडिएकाेमा केहीकाे स्तराेउन्नति र केही कालाेपत्रे हुँदै गरेकाे, यस्तै युगाैंदेखि शुद्ध खानीपानी नपाएका सयाैं परिवारकाे घर आगनमा खानेपानी पुराइएकाे उनकाे दावी छ ।

प्रदेश सरकारका गाैरबका याेजनाहरु धमाधम चलिरहेकाले जनताले केही समयमै भौतिक विकाससँगै कृषि व्यपार व्यबसायवाट पनि स्वराेजगार बन्नसक्ने अबस्था तयार भएकाे भन्दै उनले काेराेनावाट प्रभावित उधाेग व्यबायीहरुलाई पुर्नकर्जा कृषकलाई विना धिताे कर्जा र व्याज मिनहा दिन थालेपछि यातायात, पर्यटन उधाेगहरुसँगै कृषक, बेराेजगार युवाहरु थप चलायनमान हुने र थप राेजगारी सृजना हुने मुख्यमन्त्री भट्टकाे विश्वास छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.