Dashain Suvakamana

सुदूरपश्चिम सरकारले आयाेजना बैंक स्थापना गर्दै

धनगढी । नेपालमा पहिलाे पटक सुदूरपश्चिम सरकारले प्रदेशमा आयाेजना बैंक स्थापना गर्न थालेकाे छ ।राष्ट्रिय याेजना आयाेगले कर्णाली र सुदूरपश्चिममा आयाेजित याेजना सम्बन्धि प्रदेशस्तीय प्रबाेधिकरण कार्यक्रमलाई धनगढीमा सम्बाेधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले बताएका छन् ।

प्रदेशकाे समग्र समृद्धि, आवश्यकता र सम्भावनायुक्त विकास निर्माणहरु सबै जनताकाे पहुँचमा पुराउन आयाेजनाकाे बैंक स्थापना गर्न थालेकाे भन्दै मुख्यमन्त्री भट्टले प्रदेश नीति तथा याेजना आयाेग गठन भएकाले आयाेजना छनाैट पनि विगत भन्दा पृथक रहने बताए ।

May be an image of one or more people, people standing and indoorदेशकाे विकास माेडेल प्रति असन्तुष्टि पाेख्दै मुख्यमन्त्री विकासका लागि स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘‘विकास गर्ने नेपालको आफ्नो अलग्गै ढाँचा छैन, व्यक्तिव्यक्तिका ढाँचा छन्, यसले समग्र क्षेत्रको विकास हुन सक्दैन ।’’

वित्त आयोगको वितरण प्रणालीको नीतिले पनि विकास सम्भव नभएको भन्दै उनले काम गर्ने पुरानो सोच र शैलीमा परिवर्तन गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.