Dashain Suvakamana

सुदूरपश्चिम प्रदेश सरकारका याेजनाकाे चाैमासिक समिक्षा सम्पन्न

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा गरेका याेजनाहरुकाे चाैमासिक समिक्षा गरिएकाे छ । प्रदेश नीति तथा याेजना आयाेगकाे आयाेजनामा आज शुक्रवार आयाेजित गाेष्ठीले याेजना कार्यान्वयनका सवल र दुर्लभ पक्षकाे समिक्षा गरेकाे हाे ।

चाैमासिक अवधीमा सरकारले गरेका कनेक्टिभिटी तथा कार्यक्रमकाे समिक्षा गाेष्ठिले सन्ताेष जनक भएकाे निष्कर्ष निकालेकाे याेजना आयाेगका उपाध्यक्ष केशर वहादुर साउदले जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष साउदले बजेट तथा कार्यक्रमकाे प्रभावकारी कार्यान्वयनमा देखिएका समस्या तथा चुनाैतिबारे र त्यसकालागि अल्पकालिन तथा दीर्घकालिन चाल्नुपर्ने कदमबारे प्रकाश पारेका थिए ।

प्रदेश नीति तथा याेजना आयाेगका उपाध्यक्ष केशरवहादुर साउदकाे अध्यक्षतामा बसेकाे गाेष्ठिमा प्रदेश सरकारका प्रमुख सचिव रामकृष्ण सुवेदी रहेका थिए भने प्रदेश सरकारका सबै मन्त्रालयका सचिव तथा निकाय प्रमुखहरुकाे सहभागीता रहेकाे थियाे । No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.