Dashain Suvakamana

मुख्यमन्त्री भट्टकाे खबरदारीप्रति प्रतिगामी साेचहरु अत्तालिए

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले गुणस्तरीय निर्माण समयमै सम्पन्न गर्न सराेकारवालालाई निर्देशन दिएका छन् । दुई दिनदेखि पहाड र तराईमा प्रदेश सरकारकाे बजेटमा निर्माण भैरहेका याेजनाकाे अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न भनेका हुन् ।

May be an image of 1 person, standing, sitting, tree and outdoorsमुख्यमन्त्री भट्ट अनुगमन टाेलिकाे नेतृत्व गर्दै शुक्रवार पहाडी जिल्ला डाेटीकाे बुडर-जाेरायल-गडसेरा सडक लगायतका याेजनाकाे निरीक्षण गरेका थिए भने आज शनिवार कञ्चनपुर जिल्लाकाे दक्षणी बेल्ट पुर्नवास र बेलाैंरी नगरपालिकामा प्रदेश सरकारकाे बजेटवाट निर्माणाधिन याेजनाहरुकाे अनुगमन गरेका छन् ।

आजकाे अनुगमनमा मुख्यमन्त्री भट्टसँगै प्रदेश संसद तारा लामा तामाङ्ग, कुलवीर चाैधरी स्थानीय जनप्रतिनिधिहरु र निर्माण आयाेजक निकाय पूर्वाधार विकास कार्यालयका प्रमुखहरु सहभागी थिए । विभिन्न याेजनाकाे अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले गुणस्तरीय निर्माण गरी समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिएकाे उनका प्रमुख स्वकीय सचिव शिव सिं ओलीले बताएका छन् । 

May be an image of one or more people, people standing, sky, grass and treeबहुदलीय व्यबस्था कालका तीस वर्षसम्म भए गरेका विकास निर्माण भन्दा दाेब्वर वढी पूर्वाधारकाे विकास गर्न सुदूरपश्चिम प्रदेश सरकार सफल भएकाे उनकाे दावी छ । पछिल्लाे समय राष्ट्रिय राजनीतिको असर प्रदेशमा परेपनि मुख्यमन्त्री भट्टले विकास निर्माण लगायत जन अपेक्षामा तुसारापात हुन नदिन देखाएकाे खबरदारीवाट केही प्रतिगामी साेचहरु भने निकै अत्तालिएकाे उनकाे भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.