Dashain Suvakamana

अमरगढीकाे शहरी पूर्वाधार निर्माणकालागि २२ करोड बढीको सम्झौता

धनगढी । डडेल्धुरा सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाकाे शहरी पूर्वाधारनिर्माणकालागि २२ कराेडवढी बजेटमा सम्झाैता भएकाे छ । अमरगढी नगरपालिकामा शहरी शासकीय पूर्वाधार सुधार कार्यक्रम संचालन गर्नका लागि विहिबार अमरगढी नगरपालिका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा र शहरी विभाग तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

आगामी तीन वर्षसम्म कार्याबधी रहने गरी भएकाे उक्त सम्झाैता २२ करोड २३ लाख ३४ हजार ६ सय ३६ रुपिँया खर्च गरिने उल्लेख छ ।  को सम्झौता गरेको छ । यसअघि डडेल्धुराका विभिन्न पर्यटकीय क्षेत्रहरुको पहिचान र तिनीहरुको पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि बजेटको व्यवस्थामा जुटेका मेयर ओझासहितकाे अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय,कानुनी सल्लाहकार विष्णु भट्ट यतिबेला काठमाण्डाैंमै छन् ।

अमरगढी नगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालय तथा विभागहरुबाट थप बजेट विनियोजन गराउनका लागि काठमाण्डौमै रहि थप लबिङ्ग गरिरहेकाे मेयर ओझाले बताए । उता, शहरी सासकिय पूर्वाधार सुधार अन्तरगत देशभरका १२ वटा नगरपालिकाहरुमा कार्यक्रम संचालन हुने निर्देशक परिक्षित कडरियाले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.