कञ्चनपुरमा पालिकास्तरीय क्रिकेट प्रतियोगितामा भीमदत्त र बेलौरी विजय
बिकास सिंह महता
कञ्चनपुर । कञ्चनपुरमा जारी पालिकास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन भएका खेलमा भीमदत्त र बेलौरी नगरपालिका विजय भएका छन् । आजकाे खेलमा बेलौरीले बेलडाँडीलाई ५ विकेट र भीमदत्त नगरपालिकाले शुक्लाफाँटालाई ३५ रनले हराउदै जित हात पारेको हुन्।
दोस्रो दिनको पहिलो खेलमा बेलौरीले टच जित्दै बेलडाँडीलाई ब्याटिङको निम्तो दिएको थियो। बेलडाँडीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय १ रनको योगफल तयार पारेको थियो। जसमा बेलडाँडीका भोजराज कलौनीले नटआउट रहदै ६ चौका प्रहार गर्दै २४ बलमा ३४ रन, किरन सिंह ठगुन्नाले १५ बलमा २ चौका १ छक्क हान्दै १६ रन बनाएका थिए। बेलौरीको तर्फबाट मनोज कुमार भट्टले ३ ओभरमा २१ रन दिदै २ विकेट, सुरेन्द्र शाहले ४ ओभरमा ७ रन दिदै २ विकेट हात पारेका थिए।
यसरी १ सय २ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको बेलौरीले १४.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो। बेलौरीका लागि ब्याट्सम्यान अजय चन्दले २३ बलमा ४ चौकाको मदतले ३० रन, सुशील पन्तले २८ बोल खेल्दै १९ रन, दिपेश मगरले २१ बलमा २ चौकाको मदतले १५ जोड्न पुगेका थिए। उक्त खेलको म्यान अफ द म्याच बेलौरी नगरपालिका टिमका अजय चन्द घोषित भए।
यस्तै भीमदत्त नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको थियो। जसमा भीमदत्त टिमको लागि मनोज खड्काले नटआउट रहदै ३ चौका ४ छक्क प्रहार गर्दै २५ बलमा ४१ रन, सन्तोष भट्टले ३८ बलमा ५ चौका हान्दै ३५ रन, सुशील खड्काले २३ बलमा ५ चौका १ छक्काको मदतले ३१ रन बनाएका थिए।
यता शुक्लाफाँटाको तर्फबाट कैलाश ऎरले ४ ओभरमा २३ रन दिदै ४ विकेट, समीर गौतमले र सुरेश तिरुवाले समान एक-एक विकेट हात पारेका थिए। यसरी १ सय ४८ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको शुक्लाफाँटा नगरपालिका २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन मात्र बनाउन पुग्यो। शुक्लाफाँटा टिमका लागि ब्याट्सम्यान समीर गौतमले १२ बलमा १ चौका १ छक्कको मदतले १८ रन बनाउदै नटआउट रहे भने सुरज तिरुवाले २७ बलमा १ चौकाको मदतले १६ रन जोड्दा पनि टिमलाई भने जित दिलाउन सकेनन् ।
भीमदत्तको तर्फबाट प्रकाश बिष्टले ४ ओभरमा ९ रन दिदै २ विकेट ,सुरज ठगुन्नाले ४ ओभरमा फाल्दै २६ रन दिदै २ विकेट ,सन्तोष भट्ट र बिकास आग्रीले समान एक -एक विकेट लिएका थिए। उक्त खेलको म्यान अफ द म्याच भीमदत्त नगरपालिका टिमका प्रकाश बिष्ट घोषित भए। यो संगै भीमदत्त नगरपालिकाले आफ्नो दोस्रो खेलमा ३५ रनको फराकिलो अन्तरले शुक्लाफाटालाई हराउदै दोस्रो जित हातपारेको कञ्चनपुर क्रीकेट स्कोरर नरेन्द्र राज भट्टले जानकारी दिएका छन् ।
उनका अनुसार भोलि दुई खेल हुने र तेस्रो दिनको पहिलो खेल शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिका बिच बिहान ९:३० बजे हुने छ। भने तेस्रो दिनको दोस्रो खेल कृष्णपुर नगरपालिका र दोधारा चादनी नगरपालिका बिच दिउँसो १ बजे महेन्द्रनगर स्थित कबड हलको खेलमैदान संचालन हुने छ।