Dashain Suvakamana

‘आफ्नाे कामकाे स्वमूल्याङ्कन गरी प्रतिष्पर्धात्मक सुधार गर्नुस्’ :मुख्यमन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले आफ्नाे काम कारवाहीकाे स्वमूल्याङ्कन गरी प्रतिस्पर्धामा उत्रिन स्थानीय तहलाई आग्रह गरेका छन् ।आईतवार प्रादेशिक सुशासन केन्द्र पुन्ना, डाेटीले धनगढीमा आयाेजना गरेकाे स्थानीय तहगत क्षमता स्वमूल्याङ्कन प्रशिक्षक प्रशिक्षण तालिमकाे उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।

जनताकाे सबैभन्दा नजिककाे सरकार स्थानीय तहले जिम्मेवारी बाेधकासाथ कार्यप्रक्रिया र उपलब्धिहरुकाे बारेमा लेखाजाेखा गरी सबल र दुर्वल पक्षकाे पहिचान गर्दै स्वमूल्याङ्कन अधारमा प्रतिस्पर्धामा उत्रिन तालिम आयाेजना गरिएकाे बताए । तालिमवाट प्राप्त ज्ञान र सीपले नगर र गाउँपालिकाहरु सक्षम र प्रभावकारी हुनेमा मुख्यमन्त्री भट्टकाे विश्वास थियाे ।

प्रादेशिक सुशासन केन्द्रका प्रमुख पदमराज जाेशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव, सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला समन्वय समितिका अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु र सुशासन सम्बन्धि बिज्ञहरु सहभागी रहेकाे छ । १० गतेवाट सुरु भएकाे तालिम पर्सी १२ गतेसम्म चल्ने बताईएकाे छ ।

यसअघि प्रादेशिक सुशासन केन्द्रका प्रमुख पदमराज जाेशीले तालिमले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार आफुले गरेका कामकाे स्वमूल्याङ्कन गरेर थप प्रगति गर्न सघाउ पुग्ने बताएका थिए ।May be an image of 2 people, people sitting, table and indoor

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.