महताद्धारा ओली सरकारले दिएकाे भूमिसम्बन्धि आयोगको पद अस्वीकार
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बलबहादुर महताले भूमि सम्बन्धि समस्या सामाधान आयोगको पद अस्वीकार गरेका छन ।आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै ओलीले गुटगत किसिमले गठन गरेको आयोगमा आफूलाई राखेको भन्दै उक्त पद अस्वीकार गरेको बताएका छन् ।
‘लोकतन्त्र, राष्ट्रिय एकता र पार्टी एकतालाई बलियो बनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन मार्फत प्राप्त गरेको जनमतको देश र जनताको हितमा सदुपयोग गर्नुको साटो प्रतिनिधिसभा विघटन गर्ने एवं पार्टी नै विभाजित गर्ने जस्तो कार्य गर्ने ओली कामचलाउ सरकार भएकाेले उस्ले गरेका निर्णय अस्वीकार्य रहेको कुरामा म पुनः जोड दिन चाहन्छु’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरोध गर्न, केपी गुटले सिर्जना गरेका कुनैपनि भ्रममा नपर्न तथा देश, जनता र पार्टीको हितमा एकताबद्ध भई उभिन समित पार्टी पक्तिमा आवद्धलाई अनुरोध गरेका छन । महता कैलालीको गौरीगंगा नगरपालिका-४ निवासी हुन ।