मुख्यमन्त्री भट्टले भने- ‘निरंकुशता प्रबृतिप्रति सचेत रहाैं’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले जनताका कान्तिले विभिन्न समयमा राजनैतिक व्यबस्था फेरवदल भएपनि अवस्थामा खासै परिवर्तन आउन नसकेकाे बताएका छन् । प्रदेश सरकारले आयाेजना गरेकाे ७१ ओैं प्रजातन्त्र दिवस समाराेहलाई धनगढीमा सम्बाेधन गर्दै मुख्यमन्त्री भट्टले संविधानलाई आफुअनुकुल व्याख्या गरी निरंकुशता लादने प्रवृति देखापर्न सक्नेप्रति सचेत रहन आग्रह गरे ।
लोकतान्त्रिक शासन व्यवस्थासँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणसहितकाे संघीयता नेपाली जनताको चाहना भएको बताउदै मुख्यमन्त्री भट्टले यसकाे रक्षाकालगि सबै लाेकतन्त्रवादीले एकजुट हुनुपर्ने बताए । प्रजातान्त्रिक मान्यता स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहीदप्रति श्रद्धान्जली अर्पण गर्दै मुख्यमन्त्री भट्टले शहीद परिवार तथा आन्दोलनकाक्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग भएका व्यक्तित्वकाे योगदानप्रति सम्मान व्यक्त गरेका छन् ।
निरंकुश राणाशासनको अन्त्य गर्दै विसं २००७ मा स्थापित प्रजातन्त्रिक शासन व्यवस्था जोगाउन नसक्दा मुलुक पुनःतीन दशक तानाशाही पञ्चायती व्यवस्थाको सामना गर्न बाध्य भएको कार्यक्रममा सहभागी बक्ताहरुले निरंकुशताका विरुद्ध लोकतन्त्रवादी राजनीतिक दल र नेपाली जनताको निरन्तरको सङ्घर्षबाट बहुदलीय प्रजातन्त्र हुँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको बताएका थिए ।
यसअघि धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयबाट बाजागाजासहितकाे प्रभात फेरी निकालिएको थियाे।कार्यक्रममा नेपाली सेनावाट प्रदेश प्रमुख शर्मिला पन्तलाई सलामी समेत अर्पण गरेकाे थियो।