शान्ति सुरक्षा, अमनचयनमा ध्यान दिन मुख्यमन्त्री भट्टकाे निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले समाजमा शान्ति सुरक्षा र जनताकाे अमनचयनमा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बैतडीमा एक छात्राकाे हत्या प्रकरणपछि दिनहुँजसाे सुरक्षा निकायसँग छलफलमा रहेका मुख्यमन्त्री भट्टले आज कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलाई कार्यकक्षमै बाेलाई जनताकाे सुरक्षामा ध्यान दिन निर्देशन दिएका हुन् । यसअघि कैलाली बैतडी लगायतका केही जिल्लाका सुरक्षा निकाय तथा प्रहरीसँग उनले छलफल गरिसकेका थिए ।
अपराधिक मनस्थितिले सुदूरपश्चिममा खेलिरहेकाे भन्दै मुख्यमन्त्री भट्टले अपराधिक गतिविधि नियन्त्रणमा आवश्यक साधनस्राेत जुटाउन प्रदेश सरकार तयार रहेकाे तर, शान्ति सुरक्षा र जनताकाे अमनचयन हरण हुन नदिने बताए । ‘यसकालागि तपाईहरु चनाखाे रहनुहाेस् ।’
मुख्यमन्त्री भट्टले भने- ‘सीमा क्षेत्रकाे सुरक्षा, नाकामा नेपाल भारत ओहाेर-दाेहाेर गर्ने नागरीकलाई सहज बनाउन, निर्माण व्यबसायीकाे गुनासाे सम्बाेधनकासाथै अबैध बाटाे प्रयाेग गरी चाेरी तस्करीकाे अनुगमनमा ध्यान दिनुपर्ने देखियाे ।’
जनताले महशुस गर्ने गरी एक/ दुई दिनभित्रै प्रयास थाल्न मुख्यमन्त्री भट्टकाे निर्देशन थियाे ।