Dashain Suvakamana

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आज सोमवारदेखि सुरु हुँदैछ। अघिल्लाे बजेट अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। आजकाे बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ। यसअघि प्रक्रियामा दुईवटा विधेयक रहेका थिए । आजदेखि सुरु अधिवेशनका लागि सबै गरेर पाँच वटा विधेयक भइसकेको प्रदेश सभा सचिवालय सचिव राम सिंह धामीले जानकारी दिए  ।

सभामुख उपसभामुख बाहेक ३७ सदस्यसहित प्रदेशसभामा दुई तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा विभाजित भएकाेले याे अधिवेशनलाई सबैले चासाेकाे हिसाबले हेरिरहेका छन् । यद्दपी सरकारका पक्षमा ३१ बढी संसद रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.