Dashain Suvakamana

‘रमेश धामी’ जसले प्रहरीकै भ्यानमाथि चढेर सरकारविरुद्ध नारा लगाए

धनगढी । नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनौठो दृश्य देखियो ।

देशका विभिन्न भागमा बन्दकर्ता र प्रहरीबीच झडप भएका समाचार आइरहेको समयमा धनगढीको चौराहामा भने एक प्रदर्शनकारीले प्रहरीकै भ्यानमाथि चढेर सरकारविरुद्ध नारा लगाइरहेका थिए । नेकपाको प्रचण्ड–माधव पक्षका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीले प्रहरीकै भ्यानमाथि चढेर सरकारविरुद्ध नारा लगाएका हुन् ।

प्रदर्शनकारीले चौराहामा कोणसभाको तयारी गर्दा प्रहरीले धरपकड गर्न खोजेपछि धामी प्रहरीकै भ्यानमाथि चढेर नारावाजी गरेका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको धज्जी उडाएको भन्दै असंवैधानिक कदमहरु नसच्याए जस्तोसूकै कदम उठाउन सकिने चेतावनीसमेत दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.