सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आमहड्तालमा सहभागी
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट काठमाडौंको सडकमा देखिएका छन् । काम विशेषले तीन दिनदेखि काठमाण्डाैंमै रहेका मुख्यमन्त्री भट्ट नेकपा दाहाल–नेपाल पक्षले आयोजना गरेको आमहड्ताल सफल पार्न आन्दाेलनमा सहभागी भएका हुन् ।
ललितपुरकाे सातदाेवाटाे चाेकमा मुख्यमन्त्रीसँगै नेकपा (दाहाल–नेपाल पक्ष)का स्थायी कमिटी सदस्य देव गुरुङपनि तस्बिरमा देखिएका छन् । मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिं ओलीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट्याएको तस्बिरमा नेकपाका शीर्ष नेताहरु आजकाे आमहड्ताल सफल पार्न सडकमा देखिएका छन् ।
प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी ओलीकाे कदम असंबैधानिक भएकाे भन्दै दाहाल–नेपाल पक्ष आन्दाेलनरत रहेकाे छ । संबैदानिक निकायका पदाधिकारीकाे नियुक्ति असंवैधानिक तरिकाले गरेकाे बिराेधमा आज आमहड्तालको घोषणा गरेको छ । देशैभर आमहड्तालको असर देखिएको छ । हड्ताललाई अवज्ञा गर्नेलाई नेकपाका कार्यकर्ताले सम्झाइबुझाइ पठाउने गरिरहेका छन् ।
प्रहरीले भने नेकपाका सयौँ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । अराजक गतिविधिमा संलग्न भएको भेटिएका कसैलाई नछाडिने प्रहरीको भनाइ छ ।