युनाइटेड खुल्ला फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि सेमिफाइनलका खेल
बिकास सिंह महता
कञ्चनपुर । महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ अन्तर्गत भोलिदेखि सेमिफाइनलका खेल हुने भएका छन्। भोलि सोमबार पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरीयाकावीच दिउँसो १२ बजे हुने छ भने दोस्रो सेमिफाइनलको खेल एमसिडिसी बेदकोट नगरपालिका वडा न.५ र पिएफए अत्तरीयाका बिच हुनेछ ।
प्रतियोगिता संयोजक महेन्द्र चन्दका अनुसार सेमिफाइनलका दुबई खेलमा जित हासिल गर्ने टिमले प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल कप-२०७७ को फाइनल प्रवेश गर्ने छन् । खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल संघ र सुदूरपश्चिम प्रदेश फुटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गते देखि महेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालित छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि क्षेत्रकै सर्वाधिक धनराशी भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप-२०७७ को उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदी द्धारा गरिएको थियो। प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा चार समुहमा चार/चार टिम रहि नकाउट आधारमा खेल खेलाइएको र प्रतियोगिता माघ २१ गते फाइनल संगै प्रतियोगिताको समापन हुने छ। च्याम्पियन हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमले ५० हजार पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार समेत रहेको आयोजकले जानकारी दिएको छ।