Dashain Suvakamana

सुदूरपश्चिम सरकारले प्रदेश विभूषण कार्यविधि बनायाे

मन्त्रिपरिषदकाे निर्णय

धनगढी । समाज तथा राष्ट्रकालागि याेगदान गर्ने व्यक्तित्वलाई सम्मानले विभूषित गर्न सुदूरपश्चिम प्रदेश सरकारले कानून निर्माण गरेकाे छ । सामाजिक विकास मन्त्रालयकाे उक्त  ‘प्रदेश विभूषण सम्बन्धी कार्यविधि-२०७७’ मस्याैदालाई मन्त्रीपरिषदकाे बैठकले स्वीकृत गरेकाे हाे ।

मंगलवार बसेकाे मन्त्रीपरिषद बैठकवारे जानकारी दिंदै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले समाजिक विकास मन्त्रालयकाे अस्पताल तथा स्वास्थ्य संस्थाहरुकाे स्तराेन्नति सम्बन्धि प्रस्ताव स्वीकृति प्रदान गर्नेवारेकाे प्रस्तावमा सैदान्तिक सहमति प्रदान गरेकाे बताए । यस्तै  बैठकले ५० शैय्याकाे सुदूरपश्चिम प्रदेश आयुर्वेदिक चिकित्सालय कैलाली संलग्न तालिका बमाेजिम ३७ जनाकाे अस्थायी दरवन्दी स्वीकृत गरेकाे छ ।

सुदूरपश्चिम सरकारकाे मन्त्रिपरिषद बैठकले  उधाेग पर्यटन वन तथा बतावरण मन्त्रालयले पेस गरेकाे ओैधाेगिक व्यबसाय ऐन २०७५ लाई संसाेधन र एकीकरण गर्ने सम्बन्धी विधेयककाे मस्याैदा तर्जुमा गर्न सैदान्तिक सहमति पनि प्रदान गरेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.