मुख्यमन्त्री भट्टद्वारा खप्तड हेलि टुरकाे उद्घाटन्
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले पर्यटकीय प्याकेज खप्तड हेलि टुरकाे उद्घाटन गरेका छन् ।भूस्वर्गकाे उपमाले परिचित सुदूरपश्चिमकाे प्रमुख पर्यटकीय स्थल खप्तडमा पर्यटन प्रबर्द्धन गर्न खप्तड हाेमस्टेले आज बुधवारदेखि शुभारम्भ गरेकाे खप्तड हेलिटुरकाे खप्तड पुगेर नै उद्घाटन गरेका हुन् ।
हेलिटुरमा मुख्यमन्त्री भट्टसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकास बहादुर शाह , उधाेग बन तथा बातावरण मन्त्री माया भट्ट सहभागी रहेकाे होमस्टेका प्रवन्ध निर्देशक दीपक कुमार खड्काले जानकारी दिए । उनले मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रख्यात कुवर, खप्तड राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चन्द्र शेखर चाैधरी, राम प्रसाद उपाध्याय, कृष्णबहादुर महरा, हर्कबहादुर सिह, सरद थापाकाे उपस्थिति रहेकाे बताए ।
आज नै डाेटीकाे झिग्रानाबाट खप्तडमा ३५ जना पुगेर अबलोकन गरेकाे उनकाे भनाई छ ।