सुदूरपश्चिम प्रदेश याेजना आयाेगकाे प्रथम बैठकमा पाेषण कार्ययाेजनाबारे छलफल
धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले गठन गरेकाे प्रदेश नीति तथा याेजना आयाेगले काम थालेकाे छ । आयाेगका उपाध्यक्ष केशर बहादुर साउँदकाे अध्यक्षतामा आज बसेकाे प्रथम बैठकमा बहुउद्देश्चीय पाेषण कार्ययाेजनाबारे छलफल गरेकाे छ ।
बैठकले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पाेषण कार्यक्रमकालागि आवश्यक स्राेत साधनकाे पहिचान गरेर बजेटकाे सुनिश्चतता गर्ने र यसकालागि सहयाेगी दातृ संस्थाहरुसँगकाे समन्वय तथा सहयाेग लिने निर्णय गरेकाे छ । यसका अलावा आजकाे बैठकले पाेषण कार्ययाेजनावारे दुई जना विज्ञ सदस्यलाई मनाेनयन गरी अर्काे बैंठकमा आमन्तरण गर्ने निर्णय गरेकाे आयाेगका उपाध्यक्ष साउदले जानकारी दिए । आपसी छलफलवाट उपाध्यक्षले स्वास्थ्य विषेशज्ञलाई त्यसमा नियुक्त गर्ने प्रावधान रहेकाे उनकाे भनाई थियाे ।
बैठकमा आयाेगका सदस्य माेहनदेव बिष्ट लगायत बहुउद्देश्चिय पाेषणसँग सम्बन्धित प्रदेश सरकारका मन्त्रालय, गैर सरकारी संस्थाहरु, स्थानीय तहका जनप्रतिनिधीहरु र विज्ञ विशेषज्ञहरुकाे उपस्थिति रहेकाे थियाे ।