Dashain Suvakamana

प्रधानमन्त्री ओलीका कदमबिरुद्ध धनगढीमा बयलगाडा र्याली हुँदै

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंबैधानीक भएकाे भन्दै दिनदिनै बिराेध प्रदर्शन भैइरहेका बेला धनगढीमा आज बयलगाडाकाे र्याली हुँदैछ । नेकपा प्रचण्ड-नेपाल समुह समर्थक अनेरास्ववियू जिल्ला कमिटी कैलालीकाे आयाेजनामा उक्त प्रदर्शन हुन लागेकाे हाे ।

दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न अफ्ठ्याराे भयाे भन्दै प्रतिनिधिसभा विघटन गरेर असंबैधानिक र प्रतिगामी कदम उठाएकाे बिरुद्ध आज आईतवार ११:३० वजेदेखि बयलगाडा र्याली आयाेजना गरिएकाे बिधार्थी नेता डम्मर भट्टराईले जानकारी दिए ।

धनगढीकाे क्याम्पस चाेकदेखि पार्कमाेडसम्मकाे उक्त र्यालीमा ३५ देखि ४० गाेही बयलगाडा प्रदर्शन हुने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.