धनगढीका मेयर वडले भने- ‘प्रधानमन्त्री ज्युँ हावा गफ नदिनोस्’
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले केपी सरकारले नेपालको संविधानमाथि मनलाग्दी गरेको आरोप लगाएका छन्।नेपाली काँग्रेस कैलालीको क्षेत्र नं. ५ले धनगढीमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीले प्राप्त संविधानमाथि मनलाग्दी गरेको आरोप लगाएका हुन्।
अहंकारी ओलीले व्यक्तिगत स्वार्थ पूर्ति गर्न नपाएर संसद विघटन गराएका हुन भन्दै अब काँग्रेसले संविधानको रक्षाको लागि सडकमा आएको बताए । त्यस्तै मेयर वडले शुक्रबार धनगढीमा नेकपाले आयोजित जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको विकासबारे गफ मात्रै दिएर गएको टिप्पणी गरेका छन्।
‘हिजो प्रधामन्त्री ज्यूले भाषण गरेर गरेर गए। गौरीफन्टा स्तरोन्नतीवारे बोलेर गए। तर किन अझैसम्म निकास पाएको छैन। गेटा मेडिकल कलेज, छ लेन सडक निर्माण मैले गरेर भनेर गफ दिएका छन्। म अहिलेको सरकारलाई अनुरोध गर्छु, हावा गफ नदिनोस्। हामीलाई रेल र पानी जहाज चाहिएको होइन, विकास चाहिएको छ।’