खबरै नभएपछि प्रधानमन्त्रीको स्वागतमा गइएन्
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिमका पार्टी कार्यकर्तालाई सम्बोधन गर्न धनगढी पुगेका छन्। प्रधानमन्त्री धनगढी आइपुग्दा मुख्यमन्त्री मन्त्री लगायत सरकारलाई कुनै जानकारी नदिएको बुझिएको छ ।
प्रधानमन्त्री आउदा मुख्यमन्त्री स्वागतमा नगएको जिज्ञासामा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकिय सचिव शिवसिं ओलीले औपचारिक जानकारी नभएकाले नगएको बताए।