सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव पदस्थापन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा संगीता ओझा र भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा पदमराज देवकोटालाई पदस्थापन गर्ने निर्णय गरेको हो।
मन्त्रालयहरूमा सचिवको पद रिक्त हुँदा बजेट निर्माणलगायत मन्त्रालयका नियमित काम प्रभावित हुँदै आएको अवस्थामा प्रदेश सरकारले सचिव पदस्थापन गरेको सरकारका प्रवक्ता मन्त्री प्रकाश रावलले जानकारी दिए।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएका उत्तमकुमार खत्री सोमबार प्रदेशमा उपस्थित भएका थिए। प्रमुख सचिवको उपस्थितिसँगै मन्त्रालयहरूमा सचिवको पदस्थापनसमेत भएपछि प्रदेश सरकारको बजेट निर्माण तथा कार्यसम्पादनले थप गति लिने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.