‘असोज दोस्रो साताभित्रै बजेट ल्याउने तयारीमा छाैं’ मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले असोज १५ गतेभित्रै चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेकाे बताएका छन्। अघिल्लो सरकारले ल्याएको बजेट पारित नभएपछि सुदूरपश्चिम प्रदेश सरकार साउनदेखि बजेटविहीन अवस्थामा छ।

मुख्यमन्त्री भट्टले यसअघि भदौ मसान्तभित्र बजेट ल्याउने बताएका थिए। तर राजनीतिक विषय मिलाउन समय लागेकाले बजेट ल्याउन ढिलाइ भएको उनको भनाइ छ। अब भने असोज दोस्रो साताभित्रै बजेट ल्याउने तयारी भइरहेको उनले बताएका छन्। ‘त्योभन्दा ढिलो गर्ने अवस्था छैन,’ मुख्यमन्त्री भट्टले भनेका छन्।

उनका अनुसार आर्थिक मामिला मन्त्रालयले बजेट निर्माणका लागि मार्गदर्शन सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको छ। सांसदहरूसँग योजना सिफारिस माग्ने तयारी भएको छ भने ९ गतेसम्म मन्त्रालयबाट पनि योजना माग्ने सरकारले तयारी गरेको छ। ‘आगामी तीन–चार दिनमा बजेट निर्माणको अधिकांश काम पूरा गर्ने सरकारको लक्ष्य छ। असोज १५ भित्रै बजेट ल्याउने तयारी गरिरहेका छौँ,’ मुख्यमन्त्री भट्टले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.