मुख्यमन्त्री भट्टले दिए अटवारी पर्वको अवसरमा शुभकामना सन्देश

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारु समुदायको महत्वपूर्ण पर्व अटवारीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टले आइतबार शुभकामना सन्देश जारी गर्दै अटवारी पर्वको अवसरमा सम्पूर्ण थारु समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको अटवारी पर्व पवित्र एवं महत्वपूर्ण पर्वका रूपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले यस पर्वले आपसी सद्भाव,मेलमिलाप, भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले अटवारी पर्वले सुदूरपश्चिमको मौलिक संस्कृति,परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.