धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराग भट्टले सरकारलाई पुर्णता दिएका छन् । नेकपा र एमालेबीच गठबन्धन भएपछि बनेको नयाँ सरकारका मुख्यमन्त्री खगराज भट्टले आज पुन: मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
जसअनुसार प्रकाश रावल वनमन्त्री, ओमविक्रम भाट सरल भौतिक मन्त्रालय, खुसीराम डगौरा थारु आन्तरिक मामिला तथा कानुनमन्त्री, इन्दिरा गिरी र जानकीदेवी कुँवर राज्यमन्त्री बनेका छन्। उनीहरुकाे सथप ग्रहण भैइरहेकाे मुख्यमन्त्री सचिवालयले जनाएकाे छ । यसअघि एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री विस्तार गरेका भट्टले नेकपातर्फबाट मन्त्रीहरू आज थपेका हुन्।
यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भट्टले आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, सामाजिक विकास मन्त्रीमा सन्तोषी थापा शर्मालाई र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारीलाई नियुक्त गरेका थिए । एमालेको तर्फबाट आर्थिक मामिला राज्यमन्त्रीमा जानकी बम ऐर नियुक्त भइसकेकी छन् ।