‘मुख्यमन्त्री शाहमा पदलाेलुप्ता झाङ्गिएकाे देखियाे’ खगराज भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनकाे नेतृत्व गरिरहेकाे नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले अल्पमतमा रहेका मुख्यमन्त्री कमलबहादुर शाहमा पदलाेलुप्ता झाङ्गिएकाे आराेप लगाएका छन् । सुदूरआवाजसँगकाे कुराकानीमा नयाँ सरकार गठनमा मुख्यमन्त्री बन्नुहुने भट्टले यस्ताे बताएका हुन् ।

अलपमतमा रहेका हालका मुख्यमन्त्री शाहसँग आफुसहित नेकपा र एमाले नेतृत्वकाे टीमले आज प्रदेशकाे बस्तुस्थितिबारे  छलफल गरेकाे तर, तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्ने पक्षमा मुख्यमन्त्री शाह नदेखिएकाे उनले बताए । उहाँले ‘संसद्मा बहुमत सिद्ध गर्ने वा विश्वासको मत पाउने कुनै सम्भावना छैन, यति जान्दा जान्दै पनि तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्ने पक्षमा नरहनु पदलाेलुप्ता नभएर के हाे ?’ भट्टकाे प्रतिप्रश्न छ ।

‘प्रदेश सभाबाट समयमै बजेट पारित हुन नसकेर ‘बजेट होलिडे’ को गम्भीर अवस्था सिर्जना भएको छ । एकातिर विपद्को यो कहर छ-जहाँ बाढी, पहिरो र डुबानले जनताको जीवन अस्तव्यस्त छ । अर्कोतिर विपद् व्यवस्थापन र राहतका लागि खटिनुपर्ने प्रदेश सरकार बजेटविहीन र दिशाहीन बनेको छ ।’

नेकपा संसदीय दलका नेता खगराज भट्टले मन्त्रालयको भागबन्डा र मन्त्रीको टुंगो अझै नलागेको बताए। “विभिन्न कोणबाट छलफल भइरहेको छ, तर अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौं,” उनले भने।

यता, नेकपासँग सहकार्य गरेर सरकार गठन गर्ने तयारीमा रहेको एमालेभित्र पनि मन्त्रालय बाँडफाँट र मन्त्री छनोटबारे औपचारिक छलफल सुरु नभएको एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले  बताए। उनका अनुसार मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि मात्रै मन्त्रालयको भागबन्डा र मन्त्री चयनबारे औपचारिक निर्णय हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.