सुदूरपश्चिमकाे बजेट विवाद मिलाउन काँग्रेस-एमालेका केन्द्रीय नेता ब्यस्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र देखिएको विवाद समाधानका लागि नेपाली काँग्रेस र नेकपा एमालेले केन्द्रबाट प्रतिनिधि धनगढी पठाएका छन्। बजेट विवादले पार्टी नेतृत्वको सुदूरपश्चिम सरकार अफ्ठेरामा परेपछि काँग्रेस महामन्त्री पौडेल र बजेट विवाद सुल्झाउन एमाले लेखा आयोगका अध्यक्ष पुष्प कँडेल बुधवार धनगढी आएका हुन् ।

स्राेतका अनुसार उनीहरूले होटल रूवसमा आ-आफ्ना दलका प्रदेशस्तरीय नेता तथा सांसदहरूसँग छुट्टाछुट्टै छलफल गर्दै बजेट विवाद, सत्ता गठबन्धनभित्रको असन्तुष्टि र आगामी रणनीतिबारे परामर्श गरेका छन्। पौडेल र कँडेल एउटै विमानमार्फत धनगढी आएर रुवस हाेटलमा आ-आफ्नो दलका मन्त्री र सांसदसँग छलफल गरेका थिए। पौडेलले दिउँसो काँग्रेसका केन्द्रीय सदस्य, नीति तथा योजना आयोगका पदाधिकारी, मन्त्री र प्रदेशसभा सदस्यहरूसँग छलफल गरेका छन् भने कँडेलले पनि सोही समयमा एमालेका प्रदेशस्तरीय नेता, मन्त्री तथा सांसदहरूसँग अलग्गै बैठक गरेका थिए। उनीहरु अहिले दुई जनामात्रै छलफलमा छनभने भाेलि पुन: सम्बादमा लाग्ने बताइएकाे छ ।

उता सत्ता पक्ष काँग्रेस एमालेका सांसदहरुले नै बजेटमाथि असन्तुष्टि ब्यक्त गरिरहेका बेला प्रेदेश सभामा आज बुधबार अपराह्न ४ बजे बजेटमाथि हुने भनिएकाे छलफल स्थगित भएकाे छ । प्रदेश सभा सचिवालयका सचिव युवराज जैशीका अनुसार बैठकमा सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएकाले स्थगित गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.