सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री, मानबहादुर रावलले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पदको शपथ लिएका हुन् । त्यस्तै जुना दानीले अर्थ राज्यमन्त्री र मधु भारतीले सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएका छन् । नेपाली कांग्रेसभित्रको विवाद साम्य पार्न मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

उता प्रदेश सरकारमा सामेल एमालेका मन्त्री पनि फेर्ने भनि नयाँ हुने हुने मन्त्रीकाे नाम सार्वजनिक भएपनि मन्त्री परिवर्तनको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय फेरिएपछि स्तगित रहे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.