धनगढी । नेपाली कम्युनिष्ट पार्टीबाट कैलाली- ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका प्रेमबहादुर आलेले आफू सधैब जनताको सुख र दुःखमा साथ दिने ब्यक्ति भएकाले भारी मतले जित्ने दाबी गरेका छन् । धनगढी-१ का मतदाताहरू माझ कुरा राख्दै आलेले आफूलाई काम गर्न सक्ने नेता भएकाले नै डोटीका जनताले लगातर तीन पटक चुनाव जिताएको जिकिर गरे।
‘म कामले काजी भएको मान्छे हुँ, जनताकाे सुख दुखकाे साथी पनि हुँ र मै हुँ भनि नेतागिरी गर्नेकाे टाईगर हुँ त्यसैले दुई प्रतिशत जनजाति भएको डोटीबाट त्यहाँका जनाताले लगातर तीन पटक चुनाव जिताएका छन्। यसरी लगातर चुनाव जित्नेमा शेरबहादुर देउवापछि म नै हुम्ला।’
‘जनतासँग नङ र मासुको झै सम्बन्ध भएको मान्छे हो आले, यो पटक सुदूरपश्चिमकै मुख्य क्षेत्र भनेर पार्टीले मलाई यहाँ उठाएकाे छ । धरैले आफूलाई बोलेको पूरा गर्ने नेता मानेकाले उहाँहरुकै आग्रहमा म यहाँ आए । अब यहाँकाे बिकास निर्माणले गति लिनेछ। धनगढी अन्तरराष्ट्रिय विमानस्थल, सेती प्रादेशिक अस्पतालकाे स्तराेन्नति, धनगढी चौराहा, क्याम्पस चोक, अत्तरिया र महेन्द्रनगरमा अण्डर पास सडक बनाउने, डुवान तथा कटान समस्यकाे हल र धनगढी तथा गाेदावरी जाेडेर महानगर बनाउने ऐजेन्डा उठाएका छन् ।
आलेले जनताको सुख र दुःखमा साथ दिने व्यक्ति भएकाले डोटीबाट लगातार चुनाव जितेको आलेको दाबी थियाे। जनताको काम गरेर मन जितेकाले आफूले अहिलेसम्म चुनाव जितेको उनकाे भनाई छ।