भीमदत्त पन्तलाई साक्षी राखि डडेल्धुरामा क्रान्तिले गरे यस्ताे बाचा

धनगढी । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यकालगि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिंह माल क्रान्तिले महान शहिद भीमदत्त पन्तकाे मार्गमा हिड्ने बाचा गरेका छन्  सहिद दिवसकाे अवसर पारेर आज पन्तले सहदात प्राप्त गरेकाे डडेल्धुराको आलिताल खल्लेक स्थानमा पुगि शहिद पन्तलाई साक्षी राखेर मतदातासँग भीमदत्तकाे सपना सकार गर्न तारा चिन्हमा भाेट दिन आग्रह गरेका हुन् ।

किशाेरा अवस्थादेखि सामन्तवादबिरुद्ध जनयुद्धमा लागेका उनले डडेल्धुरा जिल्लासँगै समग्र देश विदेशकाे बस्तुस्थिति राम्ररी बुझेका छन् । उनले दलित, जनजाति, श्रमजिबी, गरिब निमुखा जनताकाे असली आफ्नाे पार्टी नेपाली कम्युनिष्ट भएकाले आगामी चुनावमा उसकाे तारा चिन्हमा मतदान गरी जिताउन आम जनसमुदायमा अपिल गरे ।

उनी शहिद परिवार र आफुपनि जिउँदा शहिद समेत हुँन् । नेपाली कम्युनिष्ट पार्टीले यसअघि नेता खगराज भट्टलाई उम्मेदवार बनाउदैआएकाेमा यसपाली जेन जी आन्दाेलकाे मुभमेन्ट समेट्दै नयाँ अनुहारका युवा मानसिंह माललाई बनाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.