प्रतिनिधि सभाकालागि कैलालीमा ६८ जनाकाे उम्मेदवारी दर्ता

धनगढी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली जिल्लाबाट ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।मुख्य  निर्वाचन अधिकृतको कार्यालयका अनुसार दर्ता भएको सूचीअनुसार ठूला तथा साना पार्टी, क्षेत्रीय दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। 

कैलाली-१ मा नेपाली काँग्रेसका जनकराज चौधरी, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली, नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरी तथा उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरी लगायत ११ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय टीकापुरले जनाएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा १६ जनाले मनोनयन दर्ता गरेका छन्। कैलाली-२ बाट नेपाली काँग्रेसका विजयबहादुर स्वाँर, नेकपा एमालेबाट सुर्यबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट नन्दबहादुर साउँद, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केपी खनाल, नेश्नल रिपब्लिक पार्टीका दलबहादुर बुचामगर, मजदुर किसान पार्टीबाट लक्ष्मी पुन मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डम्बरबहादुर रावल, नेपाल मानवतावादी पार्टीबाट करबिर कडाँरा, नागरिक उन्मुक्ति नेपालबाट पतिराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

कैलाली-३ बाट ९ जनाको उम्मेदवारी परेको छ। नेपाली काँग्रेसबाट भिम बडुवाल, नेकपा एमालेबाट गौरीशंकर चौधरी,  नेकपाबाट विरमान चौधरी, नेकपा माओवादीबाट अर्जुनप्रसाद कठरिया,नेमकिपाबाट जुनु महतरा शाही, राष्ट्रिय जनमोर्चाबाट देशराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विरेन्द्र बहादुर बम, प्रलोपाबाट लक्ष्मीराम चौधरी तथा मितेरी पार्टीबाट सुशीला थापा मगरले कैलाली निर्वाचन क्षेत्र ३ मा उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी, जनमोर्चाका देशराज चौधरी, प्रलोपाका लक्षीराम चौधरी र नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले पनि उम्मेदवारी दर्ता गरेका छन्। कैलाली-४ बाट नेकपा एमालेका उपमहासचिव लेखराज भट्टसहित १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली काँग्रेसबाट गोरख बिष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट हरिराम चौधरी,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद रेग्मी र खेमराज कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल रजवार, नेमकिपाबाट अमृता भुल तथा गोपीलाल चौधरीले नेश्नल रिपब्लिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्।

यहाँ, दिनेशकुमार मल्लले मितेरी पार्टीबाट, धनबहादुर सुनारले नागरिक उन्मुक्ति पार्टी नेपालबाट, भक्तबहादुर शाहीले नेकपा माओवादीबाट तथा मोहनदेव मिश्रले नेकपा संयुक्तबाट उम्मेदवारी दर्ता गरेका छन्। यसैगरी, नेपाल मानवतावादी पार्टीबाट यज्ञबहादुर टमोटा, उज्यालो नेपाल पार्टीबाट सुभास कुँवर, राष्ट्रिय जनमोर्चाबाट हेमराज भट्ट, श्रम संस्कृति पार्टीका भिमबहादुर थापा मगर र छत्रबहादुर भट्ट खत्रीले उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली-५ मा १६ जना प्रतिस्पर्धी
कैलाली-५ मा नेपाली काँग्रेसका नरनारायण शाहलगायत १४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। कैलाली-५ मा नेकपा एमालेका यज्ञराज ढुङ्गाना उपाध्याय, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, मितेरी पार्टीका राधिका कुमारी कार्की तथा आम जनता पार्टीका देवसिंह बिष्ट उम्मेदवार बनेका छन्।

यस्तै, नागरिक उन्मुक्ति नेपालका जगन्नाथ चौधरी, राष्ट्रिय जनमोर्चाका शोभामणि जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही तथा नेमकिपाका तृषण पुन मगरले उम्मेदवारी दर्ता गरेका छन्। कैलाली-५ बाटै नेपाल कम्युनिस्ट पार्टी माओवादीका बबरजङ्ग बहादुर सिंह, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, जनमत पार्टीका धनबहादुर चौधरी तथा प्यारेलाल राना, इश्वरी विष्ट र जनकराज पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.