डोटी । सुदंरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलाेचन भट्टलाई आसन्न निर्वाचनकालागि डाेटीबाट प्रत्यक्षतर्फकाे उम्मेदवारमा सिफारिस गरिएकाे छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोटीकाे आज बसेकाे बैठकले उनलाई सिफारिस गरेकाे हाे ।
बैठकले उनीसँगै अन्य केही दलित महिला र युवा नेतालाई पनि प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार साबिकको माओवादी केन्द्रका डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्टको अध्यक्षतामा सम्पन्न पार्टीको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक र माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फका त्रिलोचन भट्ट, हर्क बहादुर सिंह, जङ्ग बिक, अङ्जिता श्रेष्ठ, सिद्धाराज विक, वीर बहादुर थापा, धन बहादुर विष्ट र प्रकाश जोशी उम्मेदवार सिफारिस भएका छन् । सिफारिस हुनेहरूमा खस आर्यतर्फ सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र संविधान सभा सदस्य हर्क बहादुर सिंह, दलिततर्फ जङ्ग विक र सिद्धाराज विक, महिला/जनजाति तर्फ अन्जिता श्रेष्ठ, युवातर्फ धन बहादुर विष्ट र नव युवातर्फ वीरबहादुर थापा र प्रकाश जोशी रहेका छन् ।
नव युवातर्फ उम्मेदवार सिफारिस भएका थापा अखिल (क्रान्तिकारी) सुदूरपश्चिमका अध्यक्ष हुन भने जोशी वाइसीएल डोटीका इन्चार्ज हुन् ।