कारागार झडपमा मृत्यु भएका चाैधरी परिवारलाई पाँच लाख दिइने

धनगढी । कैलाली कारागारभित्र झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख राहत उपलब्ध गराउने भएको छ।आइतवार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले सो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

बैठकले कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपका क्रममा घाइते भएकालाई सरकारी खर्चमा उपचारको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ। यसअघि कैलाली कारागारभित्र २३ गते राति कैदीबन्दीहरूको दुई समूहबीच झडपमा परी एक जनाको निधन भएको थियो भने ४७ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.