सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सत्तापक्ष र बिपक्षमा बाँडियाे

काठमाडौं। संस्थापक नेता रेशम चाैधरीकाे परिवारिक गुटमा रुमल्लिरहेकाे नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभामा फेरी बाँडिएकाे छ । मुख्यमन्त्री शाहले बिश्वासकाे मत लिदा यस्ताे देखिएकाे हाे ।

आज प्रदेशसभामा उपस्थित दुई संसदमध्ये एकले मुख्यमन्त्री शाहलाई बिश्वासकाे मत दिए भने अर्का एकले बिपक्षमा मत जाहेर गरेका गरे। कैलाश चाैधरीले पक्षमा र खुसीराम डगौरा थारूले बिपक्षमा मत हाले । कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् खुसीराम रेशम पक्षका हुन् । 

यसअघि नागरिक उन्मुक्ति पार्टीबाटका बनमन्त्रीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि समर्थन फिर्ता लिदै उन्मुक्ति सरकार बाहिर  रहेकाे थियाे ।

याेसँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत खसेको थियाे ।

प्रदेश सभामा कांग्रेस १८ र एमाले गरेर २९ रहेकोमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मत दिएपछि पक्षमा ३० मत पुगेका हुन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.