काठमाडौं। संस्थापक नेता रेशम चाैधरीकाे परिवारिक गुटमा रुमल्लिरहेकाे नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभामा फेरी बाँडिएकाे छ । मुख्यमन्त्री शाहले बिश्वासकाे मत लिदा यस्ताे देखिएकाे हाे ।
आज प्रदेशसभामा उपस्थित दुई संसदमध्ये एकले मुख्यमन्त्री शाहलाई बिश्वासकाे मत दिए भने अर्का एकले बिपक्षमा मत जाहेर गरेका गरे। कैलाश चाैधरीले पक्षमा र खुसीराम डगौरा थारूले बिपक्षमा मत हाले । कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् खुसीराम रेशम पक्षका हुन् ।
यसअघि नागरिक उन्मुक्ति पार्टीबाटका बनमन्त्रीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि समर्थन फिर्ता लिदै उन्मुक्ति सरकार बाहिर रहेकाे थियाे ।
याेसँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत खसेको थियाे ।
प्रदेश सभामा कांग्रेस १८ र एमाले गरेर २९ रहेकोमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मत दिएपछि पक्षमा ३० मत पुगेका हुन् ।